काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हृदयघातपछि उपचार गराइरहेका तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई भेटेका छन्।
अपरेशनपछि शाही स्वास्थ्यलाभ गरिरहेका छन्।
आइतबार बेलुकी हृदयघात भएपछि शाहीलाई महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरिएको थियो।
पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीका अनुसार वरिष्ठ नेता पौडेलले आज बिहान अस्पताल पुगेर शाहीलाई भेटेका हुन्। पौडेलले शाहीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
