अमेरिका । अमेरिकी सदनका लागि खटिएका प्रहरीहरुले आज आफ्ना नेतृत्व बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएका छन् । गत जनवरी ६ का दिन सदनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको आक्रमणमा परी सदनका लागि खटिएका प्रहरी अधिकारी ब्रायन सिकनिकको निधन भएको थियो ।
उनि सहित ५ जनाको ज्यान गएको थियो । अधिकारीहरूले सिएनएनलाई गुप्तचर र परिचालन असफलताले उनीहरू आक्रमणको चपेटामा परेको जनाएका छन । उनीहरुले वर्तमान नेतृत्व भविष्यमा हुने घटनाहरूको प्रबन्ध गर्न असमर्थ रहको समेत बताएका छन ।
राङ्क (एण्ड(फाइल अधिकारीहरूको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष गस पपाथनासिउले शीर्ष नेतृत्वलाई लक्षित गरेको बताए ।
कार्यवाहक प्रमुख योगानन्द पिटम्यान, सहायक प्रमुख चाड थोमस ,कार्यवाहक सहायक प्रमुख सीन गल्लाघेर, उप प्रमुख जेफ्री पिकेट, उप प्रमुख टिमोथी ए लगायतलाई अविस्वासको प्रस्ताव लगाइने योजना रहेको जनाए । र केही व्यक्तिगत अधिकारीहरुलाई पनि लगाइने भएको छ ।
विभागको क्यापिटोल बिभागमा काम गर्ने अधिकारीहरूका लागि छुट्टै मतपत्र उपलब्ध हुनेछ, र तिनीहरूलाई त्यो बिभागका कप्तानलाई मतदान गर्न आग्रह गरिनेछ, पपाथनासिउले भने।
