भागरथी भट्टको बलात्कारपछि हत्याबारे यथार्थ बुझ्न देउवाले खटाए रमेश लेखकलाई

काठमाडौं । बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको घटनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाली कांग्रेसले प्रतिनिधि खटाएको छ।

गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भट्टको बलात्कारपछि हत्या भएको थियो।

विद्यालयबाट घर फर्किने क्रममा: उक्त घटना भए पनि अहिलेसम्म अपराधी पक्राउ परेका छैनन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

यस घटनाबारे अनुसन्धान गरी सरकारले दोषीलाई कारवाही गर्नुपर्ने माग पनि कांग्रेसको छ।

यस्तै सभापति शेरबहादुर देउवाले उक्त घटनाबारे यथार्थ बुझ्न केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार लेखकलाई दिएको पत्रमा, ‘उक्त घटनाबारे स्थलगत अध्ययन गरी यथार्थ प्रतिवेदन पेश गर्नु हुनका लागि सभापतिज्यूको निर्देशानुसार तपाईंलाई केन्द्रीय प्रतिनिधिका रूपमा बैतडी खटाइएको अनुरोध छ,’ उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *