आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

काठमाडौ । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्व बिभागमा सरुवा गरेको हो । मन्त्रालयका अनुसार मैनालीलाई उक्त पदमा सिफारिसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ।

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्ने तयारी गरेका छन । यसअघि महानिर्देशक विनोद कुँवरको मन्त्रालयमा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *