देश अकल्पनीय खतराको मुखमाः नेता भुसाल

गलकोट । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् । बागलुङमा पार्टीको जिल्ला कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे । भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे ।

उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे । भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै
गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *