काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीमा बिभाजन आएपछि त्यसको असर अहिले प्रदेश सरकारमा समेत परेको छ । नेकपा बिभाजन संगै प्रदेश नम्वर १ र बागमती प्रदेश सरकार परिर्वतन हुने अवस्थामा पुगेको छ ।
आज प्रदेश १ को अधिबेशन बस्ने भएको छ । आज बस्ने प्रदेश सभा बैठकमा मुख्य मन्त्री शेरधन राई बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न माधव नेपाल– प्रचण्ड समूह लागि परेको छ भने प्रधानमन्त्री केपी ओली समूह भने आजको बैठक स्थगित गर्न खोजिरहेको छ ।
अहिले बिहान त्यहांका सभामुख प्रदिप भण्डारीले कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । आजको बैठकमा आफु अनुकुल नभए बैठक रोक्ने पक्षमा ओली समूह रहेको छ । अहिले प्रदेश नम्वर १ मा कांग्रेस निर्णायक अवस्थामा रहेको छ ।
