कायरो । पुरातत्वविदहरुले उत्तरी इजिप्टमा गरेको उत्खननको क्रममा दुई हजार वर्ष पुरानो ममिहरुमा सुनको जिब्रो भेटाएको पुरातत्व मन्त्रालयले जनाएको छ । इजिप्सियन र डोमिनकन अनुसन्धानकर्ताहरुको एक टोलिले अलेक्जान्दि«याको तापोसिरिसम्याग्ना मन्दिरको हातामा ग्रिक र रोमन कालिन ढुंगा काटेर बनाइएका चिहानमा १६ वटा ममि फेला पारेको हो । कोफिन भित्र ममि जिर्ण अवस्थामा रहेको पाइएको छ । मृत्युपछिको जीवनमा भगवान ओसिरिसको अदालतमा बोल्न सकुन भन्ने उद्देश्यले तिनीहरुका मुख भित्र सुनका जिब्रो जडान गरिएको विश्वास गरिएको छ ।
प्राचिनकालमा इजिप्सियनहरुले ओसिरिसलाई अपराध जगतको देवता र मृतकहरुका न्यायधिश मान्ने गर्दथे । उक्त टोलिका प्रमुख पुरातत्वविद तथा युनिभर्सिटी अफ सान्तो डोमिंगोका प्राध्यापक क्याथलिनले एउटा ममिमा भगवान ओसिरिसको चित्र पनि अंकित गरिएको जानकारी दिएकीछन् । उनले दोश्रो ममिको टाउकोमा एउटा ताज , सिंगहरु र गोमन कुकदिएको बताएकीछन् । त्यसैगरी सो सिंगारको छातीमा देखाइएको हारमा भगावान होरसको प्रतिक मानिने बाजको टाउको झण्ड्याइएको छ ।
त्यसेगरी अलेक्जान्दि«या स्थित पुराततव निकायका महासचिव खालेद एवो एल हामदले सो उत्खनन् क्षेत्रमा ग्रिक ररोमन कालिन एक महिलाको मलामीमा लगाइने मुखुन्डो , आठवटा सुनका पत्रसहितको मृतकलाई लगाउन दिने माला तथा आठवटा संगमरमरको मुखुण्डो पनि फेला परेको ।
सुनका जिब्रो सहित २ हजार बर्ष पुरानो मानव कंकाल भेटियो
