बेइजिंङ । उत्तरपूर्वी चीनमा आइसक्रिममा कोभिड १९ पोजिटिभ भेटिएको छ । चीनको सियानजिन महानगरबाट लिइएको आइसक्रिमको तीनवटा नमुनामा कोरोना भाइरस भेटिएको हो ।
संभवत फोहर र निकै चिसो तापक्रममा राखिएका कारण आइसक्रममा पनि भाइरस संक्रमित हुन पुगेको हुनुपर्ने अनुमान गरिएको छ । विश्वका ९ करोड ३० लाख भन्दा बढी मानिसलाई संक्रमित गरेर नपुगेर अब आइक्रिमलाई पनि कोभिड १९ ले नछाडेकोमा मानिसहरु अचम्भित भएका छन् ।
चकलेट , स्ट्रवेरी र टारो गरी तीन प्रकारका आइसक्रिमका नमुनामा भाइरस भेटिएको चीनको स्थानिय संचार माध्यमले जनाएको छ । केक, आइसक्रिम र अन्य जमाइएका खाद्य परिकारहरु उत्पादन गर्ने सियानजिन दाकियादाओ खाद्यान्न कम्पनीले ती नमुना उपलब्ध गराएको हो ।
भाइरस भेटिएको सुचना प्राप्त हुनासाथ कम्पनीको उत्पादन कार्य बन्द गरिएको छ । कम्पनीबाट वितरण खाद्य पदार्थहरु गरिएका सम्पूर्ण स्थान र व्यक्तिहरु पत्ता लगाई सकिएके छ । सो कम्पनीका सम्पूर्ण १ हजार ६ सय ६२ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । ति आइसक्रिम न्युजिल्यान्ड र युक्रेनबाट आयातित दुधबाट बनाइएको बुझिएको छ ।
आइसक्रिममा पनि कोरोना भाइरस भेटियो
