नेकपा सर्लाही इन्चार्ज वाग्लेको दुर्घटनामा परी मृत्यु

 

सर्लाही । नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा निधन भएको छ ।

बुधबार राती उनको शव सर्लाहीको बरहथवा–नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको प्रहरीले जानकारी दिएको छ ।

वाग्ले नेकपाको प्रचण्ड–माधव समूहका नेता हुन् । सो समूहले आजका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुसको नेतृत्व गरी घर फर्कने क्रममा उनी सवास ज १० प ३२०६ नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा दुर्घटनामा परेको अनुमान प्रहरीको छ ।

प्रहरीले उनी सवार मोटरसाइकललाई कसैले ठक्कर दिएको संकेत फेला नपरेकाले अधिक गतिका कारण अनियन्त्रित भएको हुनसक्ने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *