USAID

चुनाव भए पर्साबासीले भोट दिन नपाउने !


वीरगन्ज । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन हुने हो भने पर्साका चारवटा गाउँपालिकाका ३ हजारभन्दा बढी मतदाता मतदान गर्नबाट वञ्चित हुने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा अन्तर्गतको सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयबाट नागरिकता लिएकाले मतदान गर्न नपाउने अवस्था सिर्जना भएको हो ।
नागरिकता लिएसँगै मतदाता परिचयपत्रका लागि फोटो खिचाउने, आवेदन भर्ने काम नहुँदा करिब ३ हजार मतदाता मतदात गर्नबाट वञ्चित हुने भएका हुन् ।
इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नागरिकता बनाउनेको मतदाता परिचयपत्र बनाउन २०७६ साउनमा जिल्ला निर्वाचन कार्यालय पर्सालाई पत्राचार गरेको थियो ।
यद्यपि निर्वाचन कार्यालयबाट कर्मचारीको टोली सुपौलीमा नआएकाले मतदाता परिचयपत्र बन्न नसकेको उनी बताउछन । जिल्ला निर्वाचन कार्यालय पर्साका निर्वाचन अधिकृत रञ्जिता झाले कर्मचारी अभावमा इलाका प्रशासन कार्यालय सुपौलीमा मतदाता परिचयपत्रको काम हुन नसकेको बताउनुभयो । अहिले निर्वाचनको मिति घोषणा भइसकेका कारण यस सम्बन्धमा आयोगले कुनै निर्देशन नगरेको उनको भनाइ छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *