पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेलमा पठाउने निर्णय सुनाएका छन् । न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको बताएका छन् ।

नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि उनलाई पक्राउ गरेर जेलमा हालिएको थियो । उनलाई जेलमा राखिएयता रुसभर विभिन्न सहरमा दशौं हजार मानिसहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *