कांग्रेस नेतृ डिला संग्राैला भन्छिन्: देश राजनीतिक संकटमा फस्यो


दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले अहिले मुलुक राजनीतिक संकटमा फसेको भन्दै कांग्रेसले संविधानको सर्वोच्चता सरंक्षणका लागि विरोध गर्दै आइरहेको बताएकी छन् । नेपाल प्रेस युनियन दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसले दुई चरणको विरोधसभाको आन्दोलन सकेर तेस्रो चरणमा गर्न लागेको बताइन् ।

नेपाल महिला संघकी पूर्व केन्द्रीय अध्यक्षसमेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले उक्त कदमलाई प्रतिगामी, सर्वसत्तावादीसमेत भनेको बताइन् ।

नेतृ संग्रौलाले मुलुकले चाहेको अग्रगमन, स्थायित्व र सुशासनका लागि संसद पुनः स्थापना हुनुपर्ने र संविधानमा स्पष्ट रुपमा उल्लेख भएको कुरालाई गलत अर्थ लगाउँदै संसद भंग गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नभएको तर्क गरिन् ।

नेतृ संगौलाले कांग्रेस आगामी १४ औँ महाधिवेशनको तयारीमा जुटिसकेको समेत जानकारी दिइन् । उनले पार्टीलाई थप ऊर्जाशील बनाउन र संगठित गर्न क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण, पार्टीभित्रको केन्द्रदेखि गाउँ वडासम्मको पार्टी सुदृढीकरण समयमा नै गरी सक्नुपर्ने हुँदा यसतर्फ केन्द्रित भएको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *