एक लाख १३ हजारले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप १ लाख १३ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएका हुन् ।

प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *