प्रज्जवल थापा । नव नियुक्त्त प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा चेल्सीले पहिलो जित निकालेको छ । आईतबार बेलुकी प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले बर्नेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन सेसर एजप्लिक्वेटा र मार्कोस एलोन्सोले एक/एक गोल गरे । खेलको ४० औं मिनेटमा हुड्सन ओडीको पासमा सेसर एजप्लिक्वेटाले गोल चेल्सीलाई खेलमा अगाडि बढाएका थिए ।
यस्तै ८४ औं मिनेटमा पुलिसिकको पासमा एलोन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि चेल्सी २-० गोलले विजयी भएको हो । जितसँगै चेल्सी २१ खेलमा ३३ अङ्क जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ ।
