प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १५ लाई

काठमाडौं । ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नम्बर १५ ले चुमेको छ । वडा नम्बर १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नम्बर १५ ले ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो ।

\वडा नम्बर १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रिएका थिए भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्पर्धा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *