प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
साम्पडोरियाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन फेड्रिको चिएसा र एरोन राम्सेले एक/एक गोल गरे । खेलको २० औँ मिनेटमा अल्भारो मोराटाको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए ।
यस्तै खेलको अन्तिम मिनेटमा कौड्राडोको पासमा राम्सेले गोल गर्दै युभेन्टसलाई २-० गोलको सहज जित दिलाए । जितसँगै युभेन्टस १९ खेलमा ३९ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
