रियल म्याड्रिडलाई लेभान्टेको चुनौती

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिडलाई लेभान्टेले आफ्नो चुनौती पेश गर्दै छ । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति ९:०० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै म्याड्रिड शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल रियल शिर्ष स्थानमा रहेको शहरी प्रतिद्वन्दी एथ्लेटिको भन्दा ७ अङ्कले पछि छ । रियल १९ खेलमा ४० अङ्क सहित दोस्रो स्थानमा छ । म्याड्रिड लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यता लेभान्टेले भने लिगमा लय समात्ने कोसिस गरिराखेको छ । लेभान्टेले लिगको पछिल्लो ५ खेल मध्य मात्र २ खेलमा जित निकाल्न सकेको छ । हाल लेभान्टे १९ खेलमा २३ अङ्क जोड्दै लिगको १२ औं स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो २१ खेलमा रियलले १४ खेल जितेको छ भने ४ खेल लेभान्टेको जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *