USAID

बार्सिलोना कोपाको क्वाटर फाइनलमा


प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोना कोपा डेल रे को क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भाल्लेकानोलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको टिकट काटेको हो ।

रायोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रेन्की डि योङले एक÷एक गोल गरे । रायोको लागि फ्रान्सिस्को गार्सियाले गरेको गोल सान्त्वना गोलमा सिमित रह्यो । खेलमा शुरुवाती अग्रता भने भाल्लेकानोले लिएको थियो । खेलको ६३ औँ मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

६९ औं मिनेटमा ग्रीज्म्यानको पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । ८० औं मिनेटमा जोर्डी अल्बाको पासमा डि योङले गोल गर्दै क्याल्टन क्लबलाई अग्रता दिलाएका थिए । बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना २–१ गोलले विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *