पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप २४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *