पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको बताएका छन् ।

आइनबार ट्वीट गर्दै भट्टराईले पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउने बताएका हुन् ।

उनले लेखेका छन्, ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ । २०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *