प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज युभेन्टस र बोलोग्ना भिड्दै छन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:१५ बजे शुरु हुनेछ ।
गत बुधबार भएको फाइनल खेलमा नेपोलीलाई हराउँदै इटालियन सुपर कपको उपाधी उचालेको युभेन्टस त्यही लयलाई निरन्तरता दिन चाहन्छ । हाल युभेन्टस १७ खेलमा ३३ अङ्क जोड्दै लिगको पाँचौं स्थानमा छ । जुन एक खेल बढि खेल्दै शिर्ष स्थानमा रहेको एसि मिलानको भन्दा १० अङ्क कम हो ।
यता बोलोग्नालेपनि पछिल्लो ५ खेल मध्य १ खेल मात्र जित निकालेको छ । हाल बोलोग्ना १८ खेलमा २० अङ्क जोड्दै १२ औँ स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो २० खेलमा १५ खेल युभेन्टसले जितेको छ भने १ खेल बोलोग्नाले आफ्नो पोल्टामा पारेको थियो ।
