प्रज्जवल थापा । फ्रान्सेली फर्वार्ड कालियन एम्बाफे चम्केको खेलमा पेरिस सेन्ट जर्मन(पिएसजी) ले सहज जित निकालेको छ । फ्रेन्च लिग अन्तर्गत भएको खेलमा पिएसजीले मोन्टेपल्लिएरलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा एम्बाफेले दुई गोल गर्दा नेयमार र इकार्डीले एक/एक गोल थपे । खेलको ३४ औं मिनेटमा डि मरियाको पासमा एम्बाफेले गोल गर्दै पिएसजीलाई खेलमा अगाडि बढाएका थिए ।

६० औं मिनेटमा एम्बाफेको पासमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा इकार्डीले गोल गर्दा पिएसजी सहज जिततर्फ अगाडि बढेको थियो । ६३ औं मिनेटमा इकार्डीको पासमा एम्बाफेले गोल गर्दै पिएसजीलाई ४-० गोलको अग्रता दिलाए ।
बाँकी समयमा थप गोल हुन नसक्दा पिएसजी ४-० गोलले विजयी भएको हो । जितसँगै पिसजी छ खेलमा ४५ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ ।
