भारतद्वारा प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण

काठमाडौं । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरेको छ । बिहीबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा अनुदानस्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले त्यसको सम्बोधन गर्ने आशा रहेको बताए ।

उनले नेपालले आवश्यक खोप खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताए । प्रधानमन्त्रीले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गरे ।

उनले यसले दुई देशको एकतालाई देखाएको बताए । राजदूत क्वात्राले नेपालमा भारत सरकारको सहयोग निरन्तर हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *