प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज दुई खेल हुदै छ । पहिलो खेलमा नेपाल एपिएफ क्लबले र चन्द्रपुर नगरपालिका रौतहटको सामना गर्नेछ । खेल एन्फा कम्प्लेक्समा दिउँसो ११:३० बजे शुरु हुनेछ ।
राष्ट्रिय खेलाडीको वर्चस्व रहेको एपीएफ चन्द्रपुर भन्दा तुलनात्मक रुपमा बलियो रेहेको छ । एपिएफमा राष्ट्रिय टोलीकि सार्वधिक गोलकर्ता सावित्रा भण्डारी सहित अनित केसि, अनिता बस्नेत, हिरा कुमारी बुजेल, एन्जोला सुब्बा आदि रहेका छन् । एपिएफ लिगको सावित विजेता टोली हो ।
बुधबारबाट शुरु भएको लिगको उत्घाटन खेल दशरथ रंगशालामा भएको थियो । उत्घाटन खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए ।
यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जा भिड्दै छन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे शुरु हुनेछ ।
एक महिना चल्ने प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । तीन विभागिय क्लब त्रिभुवन आर्मी फूटबल क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब सहित चौदण्डीगढी नगरपालिका उदयपुर, बिराटनगर महानगरपालिका, वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटको सहभागिता रहनेछ ।
यसपटक प्रतियोगिताको विजेताले १० लाख नगत प्राप्त गर्नेछ भने उपविजेताले ८ लाख पाउनेछ । यस्तै तेस्रो हुने टोलीले ५ लाख र चौथो हुने टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ भने हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।
तस्विर:- गोलनेपाल डट कम
