काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।
उनले जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको बताए । थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सही फैसला गर्ने विश्वास व्यक्त गरे ।
