USAID

विश्वमा २ करोड ५२ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण


विश्वमा ६ करोड ९२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ६ लाख भन्दाबढी संक्रमणमुक्त भएसँगै ६ करोड ९२ लाख ६९ हजार ९६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने १४ हजार ५ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ९ करोड ६६ लाख २१ हजार ४५९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ६५ हजार ६२४ जनाको मृत्यु भइसकेको छ ।

हाल विश्वमा २ करोड ५२ लाख ८५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म २ करोड ४८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४७ लाख ८६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ लाख ११ हजार ४८६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म १ करोड ५ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २ लाख ४५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ७५४ जना पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *