ललितपुरको एक घरमा दम्पती मृत फेला

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा घरभित्रै एक दम्पती मृत फेला परेका छन् । राजविराज स्थायी घर भएर लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका प्रहरीले जनाएको छ ।

चार वर्षदेखि फ्लाट भाडामा लिएर आएका उनीहरु आफ्नो कोठामा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ । ‘विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ । तर, अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्याले भनिन् । उनीहरुको शव पोष्टमोर्टमको तयारी भइरहेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *