USAID

माकजुसहित काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिश


काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिश भएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिश समितिले विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकजू तथा भोला थापा र बालकृष्ण लुइँटेलको नाम सिफारिश गरेको हो ।

सिफारिश समितिमा शिक्षामन्त्री श्रेष्ठका अलावा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना छन् । विश्विविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यिनै तीन मध्ये एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *