सामसुङका उत्तराधिकारीलाई कारावास सजाय

 

सोल । दक्षिण कोरियाको बिद्युतीय उपकरण निर्माण सम्बन्धी विशाल कम्पनी सामसुङका उत्तराधिकारी लि जाय योंगलाई उच्च अदालतले दुई वर्ष छ महिना लामो कारावास सजाय सुनाएको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेयुन ह्ये विरुद्ध लगाइएको भ्रष्टाचार मुद्धामा लि पनि मुछिएका हुन् । पार्कले लामो समय देखि घुस स्वकिारेको र भ्रष्टाचार गरेको अभियोगमा कैद संजाय भुक्तान गर्दै आइरहेकीछन् । लि विरुद्ध सोही भ्रष्टाचारको सिलसिलामा पुन मुद्धा चलाइएको हो ।
लिले सन् २०१४ देखि सामसुङ इलेक्ट्रोनिक्सको वास्तविक अध्यक्षको भुमिका निभाउँदै आएका थिए । अदालतको यस निर्णयको कारण भविष्यमा सामसुंग कम्पनीमा उनको भुमिका प्रभावित हुन सक्ने बताइएको छ ।
उनलाई संजाय सुनाइएको खवर बाहिरिना साथ अन्तर्राष्ट्रिय सेयर बजारमा सामसुंग इलेक्ट्रोनिक्सको सेयरको मुल्यमा चार प्रतिशतले भन्दा बढि गिरावट आएको दक्षिण कोरियाली संचार माध्यमले जनाएको छ । कारावास संजायको कारण कम्तिमा केहि समय भएपनि लिलाई सामसुङको कारोवार सम्बन्धमा निर्णय दिने भूमिकाबाट बन्चित गरिने बताइएको छ । विशेषज्ञहरुका अनुसार यसबाट भविष्यमा अत्यन्तै ठूलो परमाणमा लगानी गर्ने निर्णय गर्न कम्पनीलाई कठिन हुनेछ ।
सन् २०१४ मा आफ्नो पिता लि कुन –ही ह«दयाघातको कारण अस्पतालमा भर्ना भएदेखि उनले कम्पनीको नेतृत्व सम्हाल्दै आएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *