USAID

थप ३२२ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु, ३७४ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७६४४ पुगेको छ ।

त्यस्तै सोमबार थप ३७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६१८१८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १९६५ पुगेको छ । क्वारेन्टाइनमा २२१ जना छन् भने आइसोलेसनमा ३८६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *