USAID

जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र संचालनमा


काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।

उक्त केन्द्रबाट जङ्गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । केन्द्र सञ्चालनमा आएसँगै जङ्गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *