कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आजदेखि शाखा सञ्चालनमा ल्याएको छ ।

कीर्तिपुर नगरपालिका ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा, ३४ वटा एक्सटेन्सन काउन्टर, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *