बैशाखमा निर्वाचन हुन्छः नेम्वाङ

काठमाडौं । नेकपाको ओली समूहका नेता सुवास नेम्वाङले वैशाख १७ र  २७ गते नै निर्वाचन हुने बताएका छन् । शनिबार ओली समूहको प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै नेम्वाङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम नफैलाउन आग्रह गरे ।

उनले देश निर्वाचनमा गइसकेकोले प्रतिपक्षी दलले निर्वाचन केन्द्रित भएर कार्यक्रम गरिरहेकोले आफूहरुले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने दाबी गरे । देशको संविधान, कानुन तथा विगतको अभ्यासहरुको आधारमा पार्टीको आधिकारिकता आफूहरुले पाउनुको विकल्प नरहेको उनको भनाई थियो ।

संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताए । प्रधानमन्त्री ओलीले आफूलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जानेकुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *