परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैकमा बिहीबार नयाँदिल्ली गएका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच शनिबार बिहान भेटवार्ता भएको हो ।

ज्ञवालीसँग भएको भेटमा रक्षामन्त्री सिंहले नेपालसँगको सम्बन्ध सरकारबीच मात्रै सीमित नभएको बताएका छन् । ट्वीट गर्दै उनले दुवै देशको सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको बताएका छन् । भेटमा नेपालकतर्फबाट परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य उपस्थित थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *