एउटै गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमीन अतिक्रमण

पर्वत । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ ।
गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा – सडक र कालीगण्डकी किनार लगायतका क्षेत्रमा बहुमुल्य सार्वजनिक जमिन अतिक्रमण गरि ब्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो ।
गाउँपालिकाले एक समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो ।
मालढुंगा– बेनी सडक खण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुबेदीले जानकारी दिनुभयो । गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणहरुको गुनासो थियो । ‘सार्वजनिक जमिन अतिक्रमण गरेको लगत तयार गरेका छौ।’ सामाजिक बिकास अधिकृत सुबेदीले भने– ‘अतिक्रमित जमिन फिर्ता गर्नका लागि गाउँपालिकालाई सिफारिस गरेका छौ।
जलजला गाउँपालिकाको २, ३, ४, ७ र ८ नम्बर वडामा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका छन । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । ‘कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ।’ उनले भने ण् ‘कसरी हुन्छ त्यसलाई फिर्ता ल्याउने छौ।’ धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उहाँको भनाई छ । मालढुंगा–बेनी सडकछेउ, मिलनचोक, वारीबेनीलगायत स्थानका जग्गामा व्यक्तिले भवन बनाएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *