संसद विघटनको असंवैधानिक कदम विरुद्ध हुने प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *