भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते

काठमाडौं । काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार आज बिहान दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए । बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *