पूर्वमन्त्री यादवको निधन

काठमाडौं । पूर्वमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो । उनी नेकपा बाँकेको इञ्चार्ज थिए । यादव पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।

उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *