ओली समूह सडकको धुलोमा परिणत हुन्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु पार्टीमा पद्दति स्थापित गर्न लडेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुर्याउने चाहना रहेको उनले बताए । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए ।

प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरुमार्फत सरकार चलाउन थालेको उनले आरोप लगाए ।

उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापा देखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *