काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज बुधबार सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधीश रहेको संवैधानिक इजलासमा बुधवार तेस्रोपटक सुनुवाइ हुन लागेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा संवैधानिक इजलासले नै टुंगो लगाउने वा बृहत् पूर्ण इजलास गठन गर्ने भन्नेमा अन्यौल छ । १२ जना रिट निवेदकहरूले यस अघिका दुईवटा संसद विघटनविरुद्धका मुद्दामा सर्वोच्चले बृहत पूर्ण ९११ जना न्यायाधीश०को इजलास गठन गरिएको नजिर पेश गरेका छन् ।