USAID

रिपब्लिकन नेतालाई पैसा नदिने अमेरिकी ब्यापारीको घोषणा


न्युर्योक । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले प्राप्त गरेको इलेक्टोरल कलेज(९निर्वाचकीय मत ) बिजयलाई उल्टाउन खोज्ने १४७ जना प्रतिनिधि सभा सदस्य तथा सिनेटरहरुलाई अमेरिकाका ठूला र बिश्व कै धनाढ्य प्रतिष्ठानहरुले पैसा नदिने घोषणा गरेका छन् ।

बाइडेनले कूल ३०६ इलेक्टोरल भोट डिसेम्बर १४ कै दिन प्राप्त गरि प्रमाणित समेत गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली र चोरी गरेको भनी गलत सूचना दिने र रिपब्लिकनका प्रतिनिधि सभा सदस्यहरु र सिनेटरहरु पनि उल्टाउन लागेका थिए ।
निर्वाचित राष्ट्रपति बाइडेनलाई राष्ट्रपति हुन् नदिई चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जबर्जस्ती दोश्रो पटक राष्ट्रपतिमा टिका लगाउन गलत प्रयास गरेका १४७ रिपब्लिकनलाई ठूला ब्यापारीघरहरुले पैसा नदिने र रोक्ने गर्ने घोषणा गरेका हुन।

उक्त ठूला संस्थाहरुमा क्रमस एमजोन,अमेरिकन एक्सप्रेस,एयरबिएनबि ,ब्लु शिल्ड,कमर्स बैंक ,डाउ,मेरी ओट ,जेपी मोर्गन ,एटएनटि,गुगल ,कोकाकोला,भेराइजन,हिल्टन ,बेस्ट बाइ ,इन्टेल ,कमकास्ट,सिभिएस फार्मेसी,वाल्मार्ट,फेडेक्स,सिस्को,सिटि बैंक,मोर्गन स्टान्ले ,फेसबुक जस्ता सयौले जनवरी ६ मा अमेरिकी सदनमा भएको हिंसात्मक गतिबिधिलाई मध्य नजर गर्दै चुनावमा पैसा रोक्ने घोषणा गरेका हुन।

बाइडेन राष्ट्रपति हुन नदिन निर्वाचकीय मत बिरुद्ध मतदान गर्नेहरुमा मिजौरीका सिनेटर जोस हले,क्यान्ससका सिनेटर रोजर मार्शल,टेक्ससका सिनेटर टेड क्रुज ,अलाबामाका टोमी टुबरभिल लगायत सयौ कंग्रेसले मतदान गरेका थिए । संसदको सयुक्त सदनमा प्रमाणित गर्नु पर्नेमा प्रमाणित गर्दैनौ भनि विपक्षमा मतदान गरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *