राष्ट्रपति ट्रम्पले लगाए संकटकाल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरिए लगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति जोय बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदै छन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालेको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।

ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *