संविधानबारे सर्वोच्चले गरेको व्याख्या सबैले मान्नुपर्छः नेता भण्डारी

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् ।

बुटवलमा सोमबार आयोजित साक्षात्कारमा भण्डारीले सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनःस्थापना हुने÷नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताएका हुन् । उनले भने, “सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।”

भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु पनि गलत भएको टिप्पणी गरे । विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु गलत भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *