पूर्व राजा ज्ञानेन्द्रलाई देशको चिन्ता

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्रले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ताले बताएको बताएका छन ।
नेपाल एकिकरणका महानायक पूर्व बडामहाराजधिराज पृथ्वी नारायण शाहको २सय ९९ औं जन्मजयन्तिको पूर्व सान्ध्यामा जारी गर्नु भएको सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले जन चाहाना बमोजिम अघि बढ्नु शाह बंशीय राज परम्पराका बिषेशता भएको तथ्य कसैबाट छिपेको छैन । राष्ट्र हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहाना हुंदा शाह बंशीय राजाले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन राजगद्धी त्याग्ने सम्मको उच्च शाहस इमान्दारिता दर्शाएको उल्लेख छ ।
उनले अहिले हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकुल छ , त्यसको समीक्षा गर्न बिलम्व गर्न नहुने उल्लेख गर्नु भएको छ ।
परिर्वतनको नाममा इतिहास, सभ्यता,धर्म, संस्कृति र एकता भत्काउदै पराया इच्छा पुरा गर्ने अवान्छित कृयाकलाप महशुस आम नेपालीले गर्नुपरेको उहांले उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *