इन्डोनेशियामा ५० जना भन्दा धेरै यात्रु सवार विमान उडेलगत्तै बेपत्ता

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको विमान उडेलगत्तै बेपत्ता भएको छ । द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो । देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *