निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

काठमाडौँमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन् ।

उनले अदालतमा विचाराधीन मुद्दामा जुलुस निकालेर दबाब सिर्जना गर्न नहुने बताए । निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए ।

उनले जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्न नहुने बताए । देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनतामा जानुपर्ने उनले बताए । बैशाखमा निर्वाचन नगराए नेपाली जनताले ओलीलाई सडकबाटै हटाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *