USAID

पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन

  • 1
    Share

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।

वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए । वडास्तरको विपद् व्यवस्थापन कोषमा स्वदेश तथा विदेशमा रहेका व्यक्ति र दाताले गरेको सहयोगबाट पहिरो पीडितको आवास निर्माणका लागि जग्गा खरीद गरिएको हो, वडाध्यक्ष सुवेदीले भने– भारतमा रहनुभएका जग्गादाता आएपछि राम्चेमा थप छ रोपनी जग्गा प्राप्तिको काम सकिन्छ ।

प्रतिरोपनी दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । करीब ६० लाख सङ्कलन भएको कोषबाट जग्गा खरीदमा ३८ लाख ५० हजार खर्च भएको छ । टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको २७ लाख पनि कोषमा राखिएको थियो ।

स्वदेश तथा विदेशमा भएका मराङवासीले कोषमा सहयोग जुटाएका हुन् । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा पहिरोका कारण १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । तेइस वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रीस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

व्यवस्थापन गरिएको जग्गामा सडक पु¥याएर सम्माउने तयारी गरिएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले मराङमा १० वटा घर निर्माण गर्ने जनाएको छ । तीन वटा घर र एक वटा शौचालयसहितको घर निर्माणमा रु पाँच लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ । बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ ।

धौलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पहिरो पीडितको निजी आवास पुनःनिर्माणका लागि रु ४८ लाख विनियोजन गरेको छ । धौलागिरिको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पु¥याएको थियो । गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

गत बर्खाको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताए ।

 


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *