कांग्रेसले आज ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दै

काठमाडौं । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा गएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज शनिबार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठ जाने छन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभालाई सम्वोधन गर्ने भएका छन ।

यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन् । क्षेत्र नम्बर ४ का दुवै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *