प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधान र विरोधपत्र

काठमााडैं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपको प्रचण्ड–नेपाल समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा गठित केन्द्रीय संघर्ष समितिले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जुलुससहित पुगेको समूहको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र बुझाएको छ ।

काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *