USAID

पार्टीको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढीमा

  • 2
    Shares

धनगढी । कैलालीको धनगढीमा हुने पार्टीको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्रीको स्वागतका लागि उनी पक्षीय नेतामात्र विमानस्थल पुगेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल गएनन् । प्रधानमन्त्रीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाको प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले भने प्रधानमन्त्रीको विरोधमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *